फिदिम । नेपाल पत्रकार महासंघ पाँचथरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाँउदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्रकारहरुले पाँचथर शाखा मार्फत पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाहि गर्नुपर्ने माग महासंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । रजकलाई पूर्व राजाका समर्थकहरुको प्रदर्शनमा गत चैत १५ गते रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी डिकप्रसाद दाहाल मार्फत नेपाल पत्रकार महासंघ पॉचथरका पत्रकारले सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । दाहालले ज्ञापन पत्र बुझ्दै पत्रकारका माग मन्त्री परिषद र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्वता जनाए ।