काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको एक सय ५७औँ बैठकले यही चैत २१ गते काठमाडौंको कालिकास्थानमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभामार्फत् नगद लाभांश र बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
सोअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापुँजी दुई अर्ब रुपैयाँमध्येबाट शून्य दशमलव ३९ प्रतिशतका दरले हुन आउने ७८ लाख ९४ हजार सात सय ३७ रुपैयाँ नगद लाभांश र सात दशमलव पाँच प्रतिशतका दरले हुने आउने १५ करोड बराबरको बोनस सेयर सभामार्फत् पारित गर्ने तयारी गरेको हो ।