भारतले नेपाली सिमेन्ट र प्लाइउडको बीआईएस प्रमाणपत्र नवीकरण गरेपछि नेपालबाट भारतर्फ निर्यातको बाटो खुला भएको छ । भारतले ‘बीआईएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि प्लाइउडको निर्यात रोकिएको थियो । नवीकरण गरेपछि अब निर्यातको बाटो खुला भएको हो ।