काठमाडौं । वाणिज्य बैंकहरूको चुक्ता पुँजी चार खर्ब रुपैयाँको नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी तीन खर्ब ८४ अर्ब ९२ करोड ८० लाख रुपैयाँ पुगेको हो । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा पाँच अर्ब ९० करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा वाणिज्य बैंकमध्येमा सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको देखिएको छ । उक्त बैंकले ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । नबिल बैंकले पनि चालू आवको पछिल्लो अवधिमा २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ भने कुमारी बैंकले २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । प्रभु, लक्ष्मी सनराइज र हिमालयन बैंकले भने पछिल्लो अवधिमा क्रमशः २३ अर्ब ५४ करोड २४ लाख ९० हजार, २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार र २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । प्राइम कमर्सियल, कृषि र एनएमबी बैंकले पनि पछिल्लो अवधिमा क्रमशः १९ अर्ब ४० करोड २५ लाख ७५ हजार, १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार र १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया र नेपाल बैंकले भने पछिल्लो अवधिमा क्रमशः १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार, १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार र १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल, सिद्धार्थ र सानिमा बैंकले पनि पछिल्लो अवधिमा क्रमशः १४ अर्ब २० करोड नौ लाख ७४ हजार, १४ अर्ब आठ करोड ९९ लाख ८० हजार र १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । एभरेष्ट र माछापुच्छे« बैंकले भने पछिल्लो अवधिमा क्रमश ११ अर्ब ७६ कारेड ७९ लाख चार हजार र ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । नेपाल एसबीआई र स्टान्डर्ड चार्टर्ड बैंकले भने पछिल्लो अवधिमा क्रमशः १० अर्ब ५० करोड एक लाख ५२ हजार र नौ अर्ब २२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।