काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवापुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता‘ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेषगरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा पुग्नेछ । सो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्व बुझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ । मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्नुहुने प्रत्येक ग्राहकहरूलाई बैंकले अर्धमासिक तथा मासिकरूपमा एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मको लागि निःशुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्तालगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।