ललितपुर । नयाँ वर्षको अवसरमा इन्फोवेज कम्प्युटरले “फ्री ल्यापटप सर्भिसिङ्ग कुपन” वितरण सुरु गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा इन्फोवेज कम्प्युटर सिस्टमले अफरलाई विशेष बनाउँदै एस.ई.ई. परीक्षार्थीहरूलाई लक्षित गरी “फ्री ल्यापटप सर्भिसिङ्ग कुपन” वितरण गर्न थालेको हो।
भर्खरै एस.ई.ई. दिएका विद्यार्थीहरूलाई विद्यालय परिसर तथा सार्वजनिक स्थानहरूमा कुपन वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका संचालकका अनुसार, “हामीले यो योजना विशेष गरी विद्यार्थी र युवा वर्गलाई लक्षित गरेर ल्याएका हौं। अहिलेको युगमा ल्यापटप प्रायः सबैको आवश्यकता भएको छ।
नियमित सर्भिसिङ्ग नहुँदा समस्या उत्पन्न हुन सक्छ भन्ने सन्देश पनि हामी दिन चाहन्छौं।”अफरबाट विद्यार्थी, अफिस कर्मचारी, फ्रीलान्सरदेखि सबै प्रकारका ल्यापटप प्रयोगकर्ताहरू लाभान्वित हुने कम्पनीको अपेक्षा छ। सेवा लिन इच्छुक ग्राहकले अफर अवधिभर अफिस समयमा इन्फोवेज कम्प्युटर सिस्टमको लगनखेल शाखामा आफ्नो ल्यापटप लिएर जानुपर्नेछ। कार्यालय समय बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कायम रहनेछ।
यो अफरमार्फत प्रविधिमा सर्वसाधारणको पहुँच अझ सुलभ र गुणस्तरीय बनाउने लक्ष्य कम्पनीले लिएको बताएको छ। अफरको भरपूर लाभ उठाउन इन्फोवेजले सबैलाई आग्रहसमेत गरेको छ।