काठमाडौं । सान्भी इनर्जी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही वैशाख पाँच गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकालाई साधारण सेयरको बिक्री आह्वान गर्न लागेको हो ।
कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीयले वैशाख ५ देखि छिटोमा १९ गतेसम्म तथा ढिलोमा जेठ तीन गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारमा रहेकाले वैशाख ५ देखि १९ गतेसम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य एक सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।