काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ ।
इनड्राइभ ‘आफ्नो यात्राको भाडा आफैँ तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो । यस ग्राहकमैत्री मोडलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकमध्येबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ । यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्मभन्दा पूर्णरूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमहरूद्वारा तय हुन्छ । इनड्राइभले यात्रु र चालक दुवैलाई पारदर्शी र निष्पक्ष सहमतिको आधारमा यात्राको भाडा तय गर्ने अवसर प्रदान गरेर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ ।
कम्पनीले आफ्नो द्रूत सफलता र लोकप्रियताको मुख्य श्रेय यसको अद्वितीय र प्रयोगकर्तामैत्री मोडेललाई दिन्छ, जसले अन्य पारम्परिक मोडलहरूको तुलनामा अझ बढी ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको छ । इनड्राइभका एपीएसीका कम्युनिकेसन लिड—पवित्र नन्द आनन्दकाले सन् २०२२ मा नेपालमा ‘आफ्नो भाडा आफैँ तय गर्नुहोस् र आफ्नो चालक छान्नुहोस्’ भन्ने मोडेलका साथ इनड्राइभको सेवा सुरु गरेको बताइन् । उनका अनुसार नेपाली बजारमा यस्तो सुविधा ल्याउने पहिलो राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नै हो । यो मोडेलले यात्रुलाई आफैँले आफ्नो यात्राको भाडा प्रस्ताव गर्न र उपलब्ध चालकहरूमध्ये मूल्याङ्कन, सवारी साधनको प्रकार, पिकअप समय तथा दूरीजस्ता पक्षहरूको आधारमा उपयुक्त चालक छनोट गर्ने स्वतन्त्रता दिन्छ । नेपाली उपभोक्ताहरूले यस सुविधालाई अत्यन्तै रुचाएका छन्, किनभने यसले उचित भाडा दर र अनुकूल यात्रा अनुभवको विकल्प प्रदान गरेको उनले बताइन् ।
इनड्राइभ अहिले विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको राइड हेलिङ एप बन्न सफल भएको छ । लगातार तीन वर्षसम्म यो उपलब्धि कायम राख्न सफल भएको हो । सेन्सर टावर, अग्रणी मार्केट इन्टेलिजेन्स फर्मका अनुसार इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा एक स्थान हासिल गरेको छ, यसले नेपाली बजारमा यसको बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई अझ सुदृढ बनाएको छ । त्यसैगरी, यो एप ट्राभल श्रेणीमा विश्वव्यापीरूपमा पाँचौं स्थानमा पर्ने सबैभन्दा बढी डाउनलोड भएको एप हो । मात्र डिसेम्बर २०२४ मा इनड्राइभ एप ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ ।