काठमाडौँ । केपी ओली नेतृत्वको सरकारलाई निभ्न लागेको दियोको संज्ञा दिदै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा गुम्न लागेको साखलाई जोगाउन प्रधानमन्त्री ओलीले विभिन्न उटपट्याङ काम गरिरहेको आरोप लगाए ।
आफूहरू स्पष्ट एजेन्डा लिएर जनतामा गएको जिकिर गर्दै सापकोटाले माओवादीलाई कतै न कतै बदनाम गर्न सकिन्छ कि भनेर ओलीले उटपट्याङ काम गरिरहेको आरोप लगाए । साथै उनले चैत १५ गते राजावादीको तीनकुनेमा भएको घटनाले राजतन्त्र कस्तो हुँदोरहेछ भन्ने कुरा युवा पुस्तालाई स्पष्ट पारेको बताए ।