काठमाडौं : प्रभु आदित्य बिजनेश प्रा.लि नामक कम्पनी संचालन गरेर नेपाल सरकारलाई कर नतिरी बिदेश गएर होटल संचालन गर्दै आएका फणिन्द्र प्रसाद दाहाललाई कर तिर्न आन्तरिक राजश्व कार्यालय चावहिलले सूचना जारी गरेको छ । राजश्व कार्यालयले बुधवार एक राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना जारी गर्दै दाहालले संचालन गरेको सो कम्पनीले तिर्न बाँकी रहेको आयकर तथा मुल्य अभिबृद्धि कर चुक्ता गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । नेपालमा कम्पनी संचालन गरेर कर नतिरी बिदेश गएका दाहाल हाल युएई स्थित अबुधवीमा होटल संचालन गरेर बसेको स्रोतले बतायो ।