काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिका १५ स्थित ढुंगेअड्डामा बसमा आगलागी भएको छ । बिहीबार कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बसमा आगलागी भएको थियो । बा.प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरीले बताएको छ । बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर आगोलाई नियन्त्रणमा लिइएको थियो ।