काठमाडौं । बिभिन्न सहकारीमा बचत गरेको रकम सहकारीको संचालकले हिनामिना गरेर सहकारी पीडित भएकाहरुले सोमबार काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा पीडितहरुले प्रर्दशन गरेका हुन् । बिभिन्न प्लेकाड सहितका नाराहरु लगाएर उनीहरुले आन्दोलन गरेका थिए ।

उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।