नवलपुर (नवलपरासी) । नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जनाएको छ ।
विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएको कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी गराएका छन् ।
नेपालका अन्ुसार अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने हुँदा यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ ।