काठमाडौं । स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ ।
बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दरबन्दी थप गर्न गरेको प्रस्तावलाई गत बुधबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्याङ्कन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।