काठमाडौं । एनएमबी बैंकले शनिबारको दिन एनएमबी बैंकको गट्ठाघर शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगी समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू तथा सर्वसाधारण गरी लगभग सात सय जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थित थिए । उक्त कार्यक्रममा एनएमबी बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाइ पाँच लाख रुपैयाँको सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टबिनहरू समेत हस्तान्तरण गरिएको छ ।
सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरिएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेश प्रदेशमा वीरगञ्ज शाखादेखि शंकराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदेशमा भल्वारी शाखादेखि मोक्षधाम सेवा आश्रमसम्म, कर्णाली प्रदे्रशमा वीरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रिन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले हाल देशभर दुई सय दुई वटा शाखाहरू, एक सय ८६ वटा एटीएमहरू, नौ वटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।