काठमाडौँ । अध्यक्ष दाहाल निवास खुमलटारमा मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ । भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।