काठमाडौं । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविरामको लागि सहमत भएका छन्।' म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।

अर्कोतर्फ, भारतको केन्द्र सरकारले भविष्यमा भारतमा कुनै आतंकवादी आक्रमण भएमा त्यसलाई युद्धको कार्य मानिने बताएको छ। आक्रमणको जवाफ पनि त्यसैगरी दिइनेछ। समाचार एजेन्सी एएनआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै समाचार बाहिर ल्याएको छ । ट्रम्पको दाबीअनुसार उक्त समाचार सत्य भए अब दक्षिण एसीयामा शान्ति आउने छ ।