काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका ठूला सहरहरूमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीले झापाको बिर्तामोड, इटहरी र विराटनगरमा विशेष भेटघाट तथा हुन्डाईका नयाँ गाडीहरू क्रेटा ईभी सार्वजनिक गरेको हो । हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको जनाएको छ । भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई ग्राहकहरूबीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको कम्पनीको दाबी छ । कम्पनीको अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको कम्पनीको बुझाइ छ । हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएको जनाएको छ ।