काठमाडौं । पक्राउ पुर्जी जारी भएको एक वर्षसम्म पनि नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पन्थीलाई प्रहरीले पक्राउ नगरि छोडेको थाहा भएको छ ।
मोरङ जिल्ला अदालतले गत साल जेठ ३२ गते पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा। लि। काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा।लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी सहित उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी गरेर असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराइदिनु भनेर पत्र काटेको थियो ।
पक्राउ गर्न अदालतको आदेश बोकेर हिडिरहेको नेपाल प्रहरीले नियमित जसो प्रदेश सभा बैठकमा उपस्थित भइरहेका एमाले सांसद पन्थीलाई भने आजसम्म नदेखेर पक्राउ गर्न नसकेको हो । पन्थी लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समिति सदस्य एवम् नेकपा एमालेको केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत हुन् ।
