काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि प्रहरीको खोजीमा रहेका पन्थी सोमबार प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रममा सँगै देखिएका छन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेका पन्थीलाई भने प्रहरीले नदेखेजस्तो गरेर बसिरहनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सत्ता र पावरमा हातमा हुनेलाई एउटा कानुन र अरुलाई अर्के कानुन बनेको जस्तो देखिएको छ ।