काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट) हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेमार्फत अब ई–कमर्स कारोबार गर्ने, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओलगायतका संस्थाहरूले देश तथा विदेशबाट सहजरूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् । यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिकरूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको छ । साथै, यस पेमेन्ट गेटवेको प्रयोगले आधुनिक प्रविधिको प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउनेछ ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको मुख्य उद्देश्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनु मात्र होइन कि बैंकका मर्चेन्टहरूलाई व्यापारिक दृष्टिकोणबाट थप सहयोग पु¥याउनु पनि हो । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सक्नेछन् ।