काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १४ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन १३ दशमलव ९६ अंकले ओरालो लागेर २६ सय २० दशमलव २७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले ओरालो लागेर चार सय ४१ दशमलव ४४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख १२ हजार पाँच सय ७७ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट एक करोड ८४ लाख ९६ हजार एक सय ३८ कित्ता शेयर किनबेच हुँँदा कुल कारोबार रकम आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार एक सय पाँच रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।