कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा शुक्रबार बिहान भ्रमणमा निस्किएका दुई महिलाको गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारको ठक्करबाट मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा उनीहरूलाई शुक्रबार बिहान कारले ठक्कर दिएको जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय कार चालक खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।