काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्राडा विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथग्रहण गरेपश्चात बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।
गभर्नर पौडेलले पदभार गर्दै ५० र एक हजार दरका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मौद्रिक नीति र वित्त नीति अलग विषय हो, ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जान्छौँ’ सो अवसरमा गर्भनर डा पौडेलले भने ।