काठमाडौं । इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान ‘नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ ।
जेठ ११ गतेबाट सुरु भएको अभियान साउन १७ गतेसम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ । यो ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने जनाइएको छ । यस अभियानअन्तर्गत तीन सयभन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क दुई मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौँ उपभोक्ताहरूले दैनिकरूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन् ।
अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक एक सय किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । उनीहरूले अन्तक्र्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, दुई–मिनेट च्यालेन्ज, कुलकुल पर्फमेन्सजस्ता विभिन्न खेलहरूमार्फत उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् । यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजारभन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ ।