काठमाडौं । सरकारले एकैपटकमा १० जना सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेका मन्त्रिपरिषद्को निण{य मंगलबार सावजनिक गदै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बताएका हुन । उनका अनुसार प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै बिज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा बरिष्ठ बैज्ञानिक डा कृष्ण प्रसाद तिम्सीनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।