काठमाडौं । बजाज मोटरसाइकलको जनकपुरका लागि आधिकारिक विक्रेता ॐ अटोमोबाइल्स प्रालिले पहिलोपटक जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि सञ्चालनमा ल्याएको सो मेला जेठ १६ गतेसम्म जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाम, धनुषा आयोजना हुने जनाइएको छ । सो मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुटसहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
ॐ अटोमोबाइल्स प्रालिको अनुसार जनकपुरमा नै पहिलोपटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्याङ्कन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्याङ्कन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकहरूले पाउनेछन् ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रियाजस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको सर्टिफिकेटलगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्णरूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् । जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाममा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो ।