काठमाडौं  । राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार १ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार आठ सय रुपैयाँँमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँँ अङ्कित मूल्य कायम रहने गरी ६१ करोड २७ लाख ९३ हजार आठ सय रपैयाँबराबरको ६१ लाख २७ हजार नौ सय ३८ कित्ता हकप्रद सेयरको बिक्री खुला गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीकार्य यही असार २२ गते बन्द हुनेछ ।