काठमाडौं । मञ्जुश्री फाइनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल–पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल–पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्वीच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपाल–पे कार्डमा आबद्ध भइरहेका छन् । नेपाल–पे पूर्वाधारको कमर्सियल रोलआउटपछि मञ्जुश्री फाइनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्वीचको रूपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र एक सयभन्दा बढी गैरबैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
एनपीएस–एनसीएस र नेपाल–पे क्यूआर कोडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । फाइनान्सले देशभरि रहेका २७ वटा शाखा÷एउटा विस्तारित काउन्टर तथा एउटा एटीएम टर्मिनलमार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।