काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: खुम्चिएको छ । अघिल्लो दिन ३५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ११ दशमलव ९७ अंकले खुम्चिएर २६ सय ४६ दशमलव ९५ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले ओरालो लागेर चार सय ५१ दशमलव ३२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ५९ हजार एक सय ३० पटक शेयर किनबेच भएको छ । जसबाट कुल एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।