नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासी जिल्लाको सुनवलमा छोराले शुक्रबार बिहान ११ बजे आफ्नो बाबु र छिमकीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० वर्षका नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको बताएका छन् । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुनवलको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । प्रहरीले खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।