काठमाडौं  । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वर बस्ने झापा मेचीनगर नगरपालिका–१५ घर भएका ५६ वर्षीय ध्रुवप्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।