काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत बिक्रेता न्यान्सी अटोमोबाइलबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले न्यान्सी अटोमोबाइल प्रालि र सुजकी ब्रान्डका विभिन्न गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुटबाहेक हुनआउने गाडीको खरिद रकममा थप ३० हजारदेखि एक लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र न्यान्सी अटोमोबाइलको तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका हुन् ।