काठमाडौं । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहमकलाई ह्वीपुल प्रोडेक्टस र किचन एड प्रोडक्टसमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकका अनुसार यो समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिनेछ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।