काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको छ ।

निगमका अनुसार नयाँ मूल्य सोमबार बिहानदेखि लागू भएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ रुपैयाँ पुगेको छ ।