काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई इन्स्टा फाइनान्समार्फत अझ सहज र पहुँचयोग्य बनाएको छ । कम्पनीले अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरेको हो ।
पहिले टिभीको लागि मात्र उपलब्ध गराइएको यो सेवा अब सबै होम अप्लायन्सहरूका लागि लागू गरिएको छ । अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् । यो सेवा जेठ १९ गतेबाट नै लागू भएको कम्पनीले जनाएको छ । ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा शून्य प्रतिशत व्याजदरमा यो सेवा उपलब्ध हुनेछ । सेवा ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।