काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै चार अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि एक दशमलव शुन्य सात अंकले ओरालो लागेर २६ सय ५३ दशमलव ६८ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य एक अंकले उकालो लागेर चार सय ५२ दशमलव ४९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ७८ हजार १३ पटकको कारोबारमा दुई करोड ३४ लाख ४५ हजार नौं सय ४९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब आठ करोड ५८ लाख ८६ हजार आठ सय ७७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युतन, जीवन बीमा, उत्पादमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।