काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव ३३ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बिहिबार पनि चार दशमलव ४५ अंकले ओरालो लागेर २५ सय ९५ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ९० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको ७४ हजार दुई सय ३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार दुई सय १० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ७८ करोड दुई लाख ४२ हजार दुई सय ४३ रुपैंयाँको शेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमुलक, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् ।