काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीबाट जारी भएर व्यतित भएका बीमालेख असार २५ गतेसम्म नवीकरण गरेमा छुट दिने भएको छ ।
कम्पनीले असार १० गतेदेखि असार २५ गतेसम्म व्यतित भइसकेका बीमालेख नविकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । यो सुविधा एक वर्ष वा सोभन्दा बढी १० वर्षसम्म व्यतित भएका सबै बीमालेखमा लागू हुने कम्पनीले जानकारी दिएको छ । तर १० वर्षभन्दा बढी अवधिदेखि व्यतित रहेको बीमालेखमा भने यो लागू नहुने स्पष्ट पारेको छ ।
साथै यस्तो छूट सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने व्यवस्था रहेकाले यसअघि नै छूट सुविधा लिइसकेको बीमालेखमा लागू नहुने पनि कम्पनीले जनाएको छ ।