काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा–सुविधा फिर्ता गर्न गृह मन्त्रालयमा निवेदन दिएकी छन्। स्वकीय सचिव राजकुमार राईमार्फत बुधबार पठाइएको निवेदनमा सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गरिदिन अनुरोध गरिएको छ। २०७२ सालमा पहिलोपटक राष्ट्रपति बनेकी भण्डारीले हालै नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। उनले यसअघि घर र गाडीको सुविधा नलिए पनि इन्धन तथा मसलन्द खर्च लिँदै आएकी थिइन्। गृह मन्त्रालयले निवेदन दर्ता भएको पुष्टि गर्दै, सुरक्षाकर्मीको संख्या भने प्रोटोकल अनुसार समायोजन हुन सक्ने जनाएको छ।