काठमाडौं । विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्यअन्तर्गत पहिलोपटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७–ड्रिम एडिसन सार्वजनिक भएको छ ।
रियलमीको फ्ल्यागसिप सिरिजअन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन अराम्कोको विश्वप्रसिद्ध पङ्खायुक्त लोगो पनि समावेश गरिएको छ । यसले पर्फर्मेन्स र व्युटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । रियलमीको फ्ल्यागसिप सिरिजअन्तर्गत आएको नयाँ जीटी ७ स्मार्टफोनले अत्याधुनिक डिजाइनसँग उच्च–स्तरीय पर्फर्मेन्स संयोजन गर्दछ । यसमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित टिम लोगो समावेश रहेको छ ।
हाल विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको रियलमी संसारकै सबैभन्दा तीव्र वृद्धि भइरहेको मोबाइल फोन ब्रान्ड मानिन्छ । ‘मेक इट रियल’ स्लोगन बोकेको यो कम्पनी युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि उपलब्ध गराउन समर्पित रहेको छ । सहकार्यअनुसार एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । ती मोबाइलहरूमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने जनाइएको छ ।
रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले एस्टन मार्टिन अराम्कोजस्तो प्रसिद्ध र गतिशील टोलीसँग सहकार्य गर्नु कम्पनीको लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको बताए । यो सहकार्यको माध्यमबाट संसारभरका प्रयोगकर्ताहरूका लागि अझ एड्भान्स डिजाइन र उत्कृष्ट निर्माण अनुभव प्रदान गर्न अग्रसर हुने उनले बताए । एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीका हेड अफ लाइसेन्सिङ एन्ड मर्चेन्डाइज म्याट च्यापम्यानले जीटी ७ ड्रिम एडिसनले उच्च–कार्यसम्पादन र नवीनतम डिजाइनको संयोजन गर्ने उल्लेख गरे ।