काठमाडौं । डोको रि–साइक्लर्स प्रालि, हिम इलेक्ट्रोनिक्स प्रालि र प्राक्टिकल एक्सन नेपालले नेपालमा पहिलोपटक प्रयोगपछि फालिने विद्युतीय खाना पकाउने उपकरणहरूको व्यवस्थापनका लागि स्वेच्छिक विस्तारित उत्पादक जिम्मेवारी (ईपीआर) सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो ‘नेपाली घरपरिवारमा विद्युतीय प्रेसर कुकर (ईपीसी)को उपयोग वृद्धि’ परियोजनाअन्तर्गत, मोर्डन इनर्जी कुकिङ सर्भिस (एमईसीएस) कार्यक्रमद्वारा समर्थित र प्रवद्र्धित कार्यक्रम हो । एमईसीएस कार्यक्रम युके एड–(एफसीटीओ)को वित्त सहयोगमा आठ वर्षीय अनुसन्धान कार्यक्रम हो ।
डोको रि–साइक्लर्सले सुरक्षितरूपमा पुनः प्रयोग र रिसाइकलको व्यवस्था गर्नेछ । यसका सह–संस्थापक राघवेन्द्र महतोले भने, ‘यो पहलको लागि एक प्रारम्भिक पाइला हो र भविष्यमा हामी हिम इलेक्ट्रोनिक्सजस्ता अन्य व्यवसायलाई पनि संलग्न गराउने लक्ष्य राख्छौँ ।’ यस्तै, प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना र अनुगमनमा सहयोग गर्नेछ ।