काठमाडौं । ट्रेड टावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता अर्थात ४८ दशमलव ६९ प्रतिशत र संस्थापक सेयरधनीको ४२ लाख ८४ हजार चार सय चार कित्ता सेयर अर्थात् ५१ दशमलव ३० प्रतिशत सेयर सूचीकृत भएको हो ।
सो सेयर भोलि बुधबारदेखि कारोबारमा आउने छ । भोलिको पहिलो कारोबारका लागि प्रतिकित्ता एक सय २३ रुपैयाँ ९ पैसादेखि अधिकतम तीन सय ६९ रुपैयाँ २७ पैसासम्म तोकिएको छ । यो सीमाको पहिलो कारोबारपछि मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । कम्पनीको कोड नाम टीटीएल रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।