काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना तीन मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू छ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन् ।
यस किस्ताबन्दी योजनाअन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन् । यसबाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र व्याज पनि नलाग्ने कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो ।
नेपालमा १५ हजार देखि २० हजार रूपैयाँका फोनहरूमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँचयोग्य बनाउने कम्पनीको उद्देश्यलाइ सार्थकता प्रदान गरेको छ । यस शून्य प्रतिशत व्याजदर किस्ताबन्दी योजनाअनुसार १५ हजार नौ सय ९९ रुपैयाँ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जीबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ छ हजार चार सय अग्रिम भुक्तानी गरेपछि बाँकी रकम छ महिनासम्म मासिक एक हजार छ सय रुपैयाँ किस्तामा तिर्न सकिन्छ ।
यस्तै, १६ हजार नौ सय ९९ रुपैयाँ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जीबी) मोडेलका लागि प्रयोगकर्ताले छ हजार आठ सय रुपैयाँ अग्रिम भुक्तानी गरेपछि बाँकी रकम छ महिनासम्म मासिक एक हजार सात सय रुपैयाँ किस्तामा तिर्न सकिन्छ । अलिक बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८ हजार नौ सय ९९ रुपैयाँ मूल्यको भी७० डिजाइन (८+२५६ जीबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ सात हजार नौ सय रुपैयाँ अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक एक हजार नौ सय किस्तामा छ महिनासम्म तिर्न सकिन्छ ।
यस शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दी योजनामार्फत जेडटीईले अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रयासलाई थप मजबुत बनाएको छ । नयाँ स्मार्टफोन किन्न चाहने हरेक प्रयोगकर्ताहरूका लागि यो अवसर निकै उपयुक्त र प्रभावकारी सावित हुने विश्वास गरिएको छ ।