काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को औपचारिक उद्घाटन गर्दै सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
प्रचण्डले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको बताए । वर्तमान सरकार सम्पूर्णरूपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको बताउँदै उनले सरकारको रवैया यस्तै रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्ने अवस्था आउने बताए ।