काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/०८२मा ६३ करोड ५२ लाख ९७ हजार ५० रुपैयाँँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ५८ करोड १५ लाख ३१ हजार आठ सय २३ रुपैयाँँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ५१ करोड ८४ हजार छ सय १५ रुपैयाँँ रहेको बैंकले आव २०८१/०८२मा ६२ अर्ब ८३ करोड ५३ लाख एक हजार एक सय ६४ रुपैयाँँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख ८४ हजार एक सय २८ रुपैयाँँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई अर्ब २४ करोड ४४ लाख ५८ हजार सात सय ४४ रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
अघिल्लो आवमा भने बैंकले ५९ अर्ब छ करोड ६७ लाख ११ हजार सात सय २८ रुपैयाँँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड नौ सय ६५ लाख सात हजार सात सय आठ रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब १३ करोड २५ लाख ४२ हजार नौ सय १२ रुपैयाँँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।