काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले २९औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले २९ वर्ष पूरा गरी ३०औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको छ । त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । २९औँ वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीले समस्त ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रबन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दीक्षितलगायत अन्य कर्मचारीहरूको उपस्थिति थियो ।