काठमाडौं । सुपर हेवाखोला हाईड्रोपावर कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यही साउन नौ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष सभामार्फत कम्पनीले कतिपय ऐन नियमहरू संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।