काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०८१/०८२मा ११ करोड ७८ लाख ७८ हजार सात सय ५१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन करोड चार लाख १२ हजार आठ सय ६३ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले आव २०८१/०८२ पाँच अर्ब ६८ करोड आठ लाख ९६ हजार एक सय ७८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २५ करोड २२ लाख ९९ हजार आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ३७ लाख ५२ हजार ८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा छ दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने पाँच अर्ब ८९ करोड २० लाख ४८ हजार दुई सय २३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५८ करोड ७४ लाख ६९ हजार तीन सय छ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड १४ लाख ५२ हजार नौं सय ७४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा १० दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।