काठमाडौं । अघिल्लो दिन झण्डै ८१ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने पाँच दशमलव १७ अंकले उकालो लागेर २९ सय ७८ दशमलव ८८ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव १५ अंकले ओरालो लागेर पाँच सय १६ दशमलव ८२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको एक लाख ७० हजार तीन सय १८ पटकको कारोबारमा चार करोड ४८ लाख ६६ हजार एक सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार पाँच सय ५७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पयर्टन, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समुहको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।